images
images
  • नेकपा माओवादी केन्द्रले गर्‍यो प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारीमा हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको हो ।

    सुदूरपश्चिम,कोशी र गण्डकी प्रदेशमा इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको छैन । कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत राखिएको छ । यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिँदा सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् छन् ।

    मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ भने बागमती प्रदेशमा सचिव हितमान शाक्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    यस्तै कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल तथा लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाललाई जिम्मेवारी दिइएको छ । साथै सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी सचिव लिलामणि पोखरेललाई दिइएको छ ।

    यसैगरी एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ भने उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै