
काठमाडौं – आज विभिन्न तीन संसदीय समितिका बैठक बस्दैछन् । बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ । जसमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची रहेको बताइएको छ ।
यस्तै साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । जसमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक समेत दिउसो १ बजे बस्दैछ जसमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्