images
images
  • बेनीमा आज माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं – नेकपा माओवादी केन्द्रले आज म्याग्दीको बेनीमा खबरदारी सभा गर्दैछ।

    सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार साँझ नै बेनी पुगेका छन्। प्रचण्ड पोखरा हुँदै हिजो बेनी गएका हुन्।

    प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता पनि बेनी पुगेका छन्।

    अध्यक्ष प्रचण्डले आज बिहान स्थानीय विकास निर्माणका आयोजनाहरुको पनि निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ। त्यसक्रममा उनले स्थानीयसँग छलफल पनि गरेका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै