images
images
  • अब तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र पाइने

    काठमाडौं । यातायात व्यवस्था विभागले नागरिकहरुले आवश्यकताका आधारमा तत्कालै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्ने गरी निर्देशिका निर्माण गरेको छ ।

    सवारी चालक अनुमति पत्र अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने गरी विभागले निर्देशिका बनाएसंगै नागरिकलाई सहजता हुने भएको छ ।

    यसअघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइने गरेको भएपनि अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।

    लाइसेन्स आवश्यक भएको खुलाएर निवेदन दिनेले तीन दिनभित्रै स्मार्ट लाइसेन्स पाउने सक्ने गरी नयाँ निर्देशिका बनाइएको छ । उक्त व्यवस्था गर्न विभागले अति आवश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।

    विभागमै उपस्थित भएर वा विभागको वेबसाइटमा गएर लाइसेन्स आवश्यक परेको कारण खुलाई नयाँ लाइसेन्स प्रिन्टको लागि आवेदन दिन सकिने विभागका निर्देशक गणेशमान सिंह राईले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै