
काठमाडौं । किसानको पेटमा बुट बजारेर व्यापारीलाई पोस्ने अनि लाज घिन पचाएर आफूलाई किसानको छोरो बताउने सिन्धुली कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलको कालो कर्तुत फेला परेको छ ।
सिन्धुलीको २ नम्बर बजारमा प्रत्येक शनिबार हाटबजार लाग्छ । यो बजारमा स्थानीय किसानहरुले उत्पादन गरेको तरकारी, लोकल केरा, माछा, लोकल कुखुरा आदि बिक्री गर्छन भने कतिपयले गाउँबाट किनेर ल्याएर बिक्रि गर्छन ।
स्थानीय किसानहरूले आफ्नो उत्पादन बेचेर बिहानबेलुका छाक टार्छन् । कोही एउटा भाले बेचेर पाँच किलो चामल किन्छन्, कोही दुई हात केरा बेचेर एक लिटर तेल किन्न्छन्, त कोही एक मुठा साग बेचेर सिटामोल किनेर किन्छन । यसले साना किसानलाई राहत मिल्छ भने उपभोक्ताले पनि ताजा र अर्गानिक स्थानीय उत्पादनहरू किन्न पाउँछन्।
तर यो सब मेयरसाबलाई मन परेन । अनि जनताको पेटमा जबरजस्ती लात हानेर ठुला व्यापारीलाई पोस्न लागि परे । गरिवको उठिबास लगाउँने नियतले जबरजस्ती कर असुल्ने निति बनाएका छन् । बाटोमा बडेमानको व्यापारिक भवन ठड्याएर लाखौं करोडौको व्यापार गर्नेहरुलाई निति बनाएर कर असुल्नु स्वभाबिक हो ।
तर हप्ताको एकदिन आफुले उत्पादन गरेको सामान बेचेर पेट पाल्ने जनतालाई जबर्जस्ती करको नाममा लुट धन्दा मच्चाउँने पात्र हुन् पोखरेल । माफियाको गोटी बनेर पोखरेलले रातो कलम चोप्दा जनताले एक घरी केरा, एक डोको साग, एकपाथी गुन्द्रुक बेचेको पनि स्थानीय सरकारलाई कर तिनुपर्छ । कसैले यो हाटबजारमा सामान बेच्न राख्यो भनि मात्र पनि कर तिर्ने हरियो रसिद लिएर सामानमा टासिदिन्छन् । कर असुलीको नाममा यो भन्दा ठुली ज्यादती अरु के हुन सक्छ र ?
यो बजारमा अनठौ के छ भनि प्रवेश गरेपछि उउटा कुरा अनिवार्य रूपमा देख्न सकिन्छ—हरेक किसानको भाग अगाडि एउटा हरियो रसिद। कमलामाई नगरपालिकाले यो हाटबजार डिल्ली रत्न ग्रुप अफ कम्पनीलाई ठेक्कामा दिएको छ ।
सोही अनुसार बिक्रिमा राखिएको सामानको आधारमा किसानहरूले २० रुपैयाँदेखि २०० रुपैयाँसम्म कर तिर्नुपर्छ। किसानको सामान बिक्री होस् वा नहोस्, सामान फिजाउने बित्तिकै कर बुझाउनैपर्छ। त्यो भन्दा पनि ठुलो आतंक त यो बाटो हुदै कसैले सामान बोकेर हिडेको भरमा समेत कर उठाउँने निति मेयरको आदेशमा चलिरहेको छ । यो भिडियोमा एक जना व्यक्ति एउटा खसी बेच्न खोज्दै छन् । करको नाममा लुट धन्दा मच्चाएर जनताको घाँटी च्यापेर पोसिन बानी परेका पोखरेल जनताको नेता भन्दा पनि माफियाको गोटी बनेको प्रष्ट हुन्छ ।
जनताले एउटा खसी बेचेको पनि स्थानीय सरकारलाई कर तिनुपर्छ । हामीलाई प्राप्त भएको भिडियोमा खसी बेच्न ल्याउने किसान किन तिर्नु भनेर भनिरहेका छन् । नुनको सोझो गर्न बसेका कर्मचारी पनि माथिको आदेश अनुसार रसिद थमाइदिन्छन् । अनि जनता तिर्न बाध्य हुन्छन् । यो धन्दा वर्षौदेखि निरन्तर चलिरहेको छ ।
कमलामाई नगरपालिकाले अघिल्लो कार्यकालमा निकासी ठेक्का लगाउँदै आएको थियो। आर्थिक वर्ष २०७७र७८ मा यो ठेक्का ६० लाख रुपैयाँमा लागेको थियो। निकासी ठेक्का भनेको नगरभित्र उत्पादन भएका वस्तुहरू नगरबाहिर लैजाँदा तिर्नुपर्ने कर हो, जुन किसानले होइन, व्यापारीहरूले तिर्नुपर्छ।
उपेन्द्र पोखरेल मेयर भएपपछि निकासी कर हटाए । किन हटाए ? कसका लागि हटाए ? त्यो सब मेयर साबलाई थाहा होला ? निकासी कर हटाएपछि ठुला व्यापारी मालामाल भए । तर हाटबजारमा सामान बिक्री गर्न ल्याउँने किसानहरुलाई भने अहिले पनि जबजस्ती कर तिन बाध्य बाध्य बनाइएको छ ।
राजनीतिक चलखेल र कर संकलनको सेटिङमा कमलामाई नगरपालिकाले निकासी ठेक्का नलागाएपछि व्यापारीहरूले गोलान्जोर गाउँपालिकाबाट सस्तो दरमा निकासी ठेक्का लिए। नगरपालिकाले ठेक्का नलगाउँदा, गोलान्जोरले आफ्नो क्षेत्रमा अस्थायी बुथहरू राखेर अवैध रूपमा कर असुल्ने अवस्था सिर्जना गयौ। यसरी सेटिङ मिलाएर कमलामाई नगरपालिकाले झण्डै एक करोड रुपैयाँ बराबरको ठेक्का हटाई किसानहरूलाई मार पर्ने गरी दस लाख रुपैयाँ बराबरको हाटबजार ठेक्का लगाएको छ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेल आफूलाई किसानको छोरो बताउँछन्। उनी कार्यालयमा कमै बस्छन् । सेवा लिन पुगेका कतिपय सेवाग्राही उनकै घरमा पुग्ने गरेका छन् । उनी प्राय गोठमा भेटिन्छन् । साना किसानलाई करको भारी बोकाएर ठूला व्यापारीहरूलाई कर छुट नदिएको कमलामाई नगरपालिका मेयर उपेन्द्र कुमार पोखरेलले बताएका छन् ।
किसानहरुलाई बढवा दिनुपर्ने स्थानीय सरकार उल्टै जनताको ढाड सेक्नेगरी कर तिर्न बाध्य बनाएको छ । किसानलाई उल्टै कर तिराएर नगरपालिकाले ठूला व्यापारी र बिचौलियाहरूलाई पोस्ने काम गरिरहेको छ। यसरी, किसानको नाम भजाएर राजनीति गर्नेहरूकै कारण स्थानीय साना कृषकहरू प्रताडित भइरहेका छन्।
भिडियो लिकं यहाँ उपलब्ध छ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्