
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयक यही अवस्थामा पास हुन दिन नहुने बताएकी छन् । बिहीबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत स्वतन्त्र पत्रकारिता र जनताको सुसूचित हुन पाउने अधिकारमाथि बन्देज लगाउन खोजेको बताइन् । उनले नयाँ सांसदहरूको मुख नै बन्द गर्ने गरी सरकारले पेलेर विधेयक पास गर्ने मनसाय बनाएको उल्लेख गर्दै त्यसो गर्न नदिने बताइन् ।
उक्त विधेयक अगाडि बढाउनुभन्दा अगाडि कन्टेन्ट क्रियटरहरुसँग आवश्यक छलफल गरेर मात्र विधेयक अगाडि बढाउन सरकारलाई आग्रह समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्