images
images
  • आज ‘रोज डे’, भ्यालेन्टाइन सप्ताहको पहिलो दिन कसरी मनाउने ?

    काठमाडौँ । हरेक वर्ष फेब्रुअरी ७ मा ‘रोज डे’ मनाइन्छ । यो भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो । रातो गुलाफको फूललाई प्रेमको प्रतीक मानिन्छ ।

    आजको दिनमा प्रेमीले प्रेमिकालाई गुलाफको फूल उपहार दिने चलन छ । यस दिनमा मानिसहरू आफ्नो प्रेम व्यक्त गर्न गुलाबको फूल दिन्छन् ।

    मायामा परेकाहरूले कसैलाई आफ्नो प्रेम दर्साउन पर्यो भने गाढा रातो गुलाफको फूल दिएर आफ्नो मनको भावना पोख्ने गर्छन् ।

    भिक्टोरियन र रोमीहरूले पनि गुलाफले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास रहेको छ । इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको पतिले रातो गुलाफ दिइएको मानिन्छ ।

    उनलाई त्यो रातो गुलाफ धेरै मन परेपछि उनका पतिले नूरजहाँको मन खुसी पार्न हरेक दिन उनको दरबारमा ताजा गुलाफ पठाउने गर्थे ।

    अर्को विश्वास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो । भिक्टोरियन र रोमनियनहरूले पनि गुलाफको साथ आफ्नो प्रेम व्यक्त गर्थे ।

    यसरी पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाफलाई प्रेमको प्रतीक मानिएको छ । गुलाफको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्पराले गर्दा नै ‘रोज डे’ मनाइएको हो ।

    ‘रोज डे’ कसरी मनाउने ?

    ‘रोज डे’ मा आफ्ना पार्टनर, क्रश, साथी वा परिवारलाई गुलाब दिएर विशेष महसुस गराउन सकिन्छ । यसका साथै एउटा सुन्दर नोट वा प्रेमले भरिएको सन्देश संलग्न गराएर आफ्नो पार्टनरलाई खुसी बनाउन सकिन्छ ।

    अहिले सामाजिक सञ्जालहरूमा प्रेमपूर्ण पोस्टहरू शेयर गरेर पनि रोज डे मनाउने चलन भित्रिएको छ । प्रियजनसँग विशेष समय बिताएर पनि राज डे मनाउन सकिन्छ ।

    गुलाबका रङहरूको अर्थ

    • रातो गुलाब – प्रेम र रोमान्सको प्रतीक
    • सेतो गुलाब – शान्ति र नयाँ सुरुवात
    • गुलाबी गुलाब – सम्मान र प्रशंसा
    • पहेँलो गुलाब – मित्रता र खुसी
    • कालो गुलाब – अलगाव वा बिदाइ

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै