images
images
  • अधिवक्ता त्रिपाठीमाथि कुटपिट- पक्राउ परेका तीनै जनासँग अदालतले माग्यो जनही एक लाख धरौटी

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट गर्नेहरुसँग धरौटी मागिएको छ ।

    शुक्रबार जिल्ला अदालत काठमाडौं अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले त्रिपाठीलाई आक्रमण गर्ने तीन जनासँग जनही एक लाख रुपैयाँ धरौटी मागेको हो।

    त्रिपाठीलाई अदालत परिसरमै गत माघ २ गते कुटपिट गरिएपछि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी,

    दोलखा घर भई ललितपुरको टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैशी र झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल भन्ने सीतादेवी राई र हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने गरेका महानन्द जैसीलाईलाई अदालतले जनही १/१ लाख रुपैयाँ धरौटी मागेको हो।

    त्रिपाठीलाई कुटपिट गरेपछि तत्कालै कडा अभिव्यक्ति दिएका महेन्द्र पाण्डे भनिने महानन्द जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति हुन् ।

    कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीलाई पाण्डेसहितले लछारपछार पार्दै कुटेका थिए । आफूलाई कुटिपट गर्नेलाई कारबाही मागसहित त्रिपाठीले जाहेरी दिएपछि तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    पाण्डेसँगै सीता पनि रास्वपा काठमाडौं ३२ की सभापति भनिए पनि उनीबारे पार्टीले केही बोलेको छैन । उता जैशी भने आफ्ना कार्यकर्ता रहेको रास्वपाले स्वीकारेको थियो।

    रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले महेन्द्र भनिने महानन्द जैशी पार्टीको क्रियाशील सदस्य रहेको स्वीकारेका थिए । यद्यपि पाण्डेले त्रिपाठीलाई कुटपिट नगरेको जिकिर रास्वपाको थियो ।

    रास्वपाले त्रिपाठीमाथि कुटपिट भएकै दिन विज्ञप्ति निकालेर यस प्रकरणमा आफ्ना कार्यकर्ता संलग्न भएको पुष्टि भएमा कारबाही गर्ने जनाएको थियो ।

    उनीहरुविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले ज्यान मार्न नहुने कसुरमा मुद्दा चलाएको थियो । त्रिपाठीले उनीहरूविरूद्ध ज्यान मार्न नहुने कसुरमा जाहेरी दिएपछि पक्राउ गरेर हिरासत राखिएको थियो । रास्वपा सभापति लामिछाने पनि माघ २ मै काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा छुटिसकेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै