images
images
  • प्रेस र समाजको सम्बन्ध निकट हुनुपर्छ : प्रकाश ज्वाला

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले पत्रकारिता क्षेत्रले समयमै प्रवाह गर्ने सूचनाले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने बताएका छन् ।

    समाजवादी प्रेस सङ्गठन ललितपुर जिल्ला भेलामा उनले प्रेस र समाजको सम्बन्ध निकट भए मात्र लोकतान्त्रिक पद्धति थप बलियो हुने विश्वास व्यक्त गरे ।

    पार्टी केन्द्रीय प्रचार विभाग प्रमुखसमेत रहेका उपाध्यक्ष ज्वालाले लोकतन्त्र स्थापनाका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको बताउँदै यसलाई थप विश्वसनीय बनाउन सत्यतथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह गर्नुपर्नेमा जोड दिए ।

    सङ्गठनले श्रमजीवी पत्रकारको हकहित अधिकार संरक्षण गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले खोजमूलक प्रकाशनका कार्य गर्न सुझाव दिए ।

    वरिष्ठ पत्रकार एवं सङ्गठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले प्रेस स्वतन्त्रताका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै नेपाली सञ्चार क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । भेलाले निरोज तोलाङेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

    सङ्गठनले आगामी फागुन ३ गते केन्द्रीय कमिटी बैठक तथा फागुन ४ गते काठमाडौँमा राष्ट्रिय भेला आह्वान गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै