
काठमाडौं । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो ।
मन्त्रालयमा रहेका केही कागजातहरू जलेको प्रहरीले बताएको छ । आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए । अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताए । शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए । पानी तताउने मेसिन होला भनेर छोडेको भएपनि आज भने आगलागी भएको उनको भनाई छ ।
प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने उनले बताए । दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको छ । मन्त्री यादवकाअनुसार अति आवश्यक डकुमेन्टमा भने कुनै क्षति भएको छैन ।
खानेपानी मन्त्रालयमा पुगेका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए । उनकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । अब मन्त्रालयको पूरा भवनमै विद्युत् वायरिङको जाँच हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्