images
images
  • राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

    काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष  २०८१–८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    यस्तै, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्‍जाल विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्‍ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै