
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमालेमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा रहेको दाबी गर्नुभएको छ।
पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिले हामीमात्रै अफ्ठ्यारोमा छैनौँ। संगठनको हिसाबले अहिले एमाले ठूलो पार्टी छ। त्यसले कम्युनिष्ट आन्दोलनलाई कहिँ लैजाँदै छैन्। त्यहाँ निष्पक्ष भएर भोट गर्ने हो भने ओली अल्पमतमा छन्। यो कुरा सबैले बुझिराख्नुभएको होला। हामी त्यही पार्टीबाट आएको हौं।’
उहाँले एमाले तासको घरजस्तै ढलेर सकिनेवाला रहेको टिप्पणी गर्नुभयो। महासचिव भुसालले अगाडि भन्नुभयो,‘ओलीजी अल्पमतमा भएपनि केही फरक पर्दैन। त्यहाँ ओलीजीले उठेर बोलेपछि कोही बोल्न सक्दैनन्। ओलीविरुद्ध कोही बोल्नेवाला छैनन्, त्यहाँ सबैको सास गइसकेको छ, प्वाल परेका खलालीहरु हुन्। सिद्धान्त के हो ओली। ओलीजीलाई जे लाग्यो त्यही सिद्धान्त, उहाँ जहाँ उभिनुनुहन्छ त्यही विचार, राजनीति उहाँलाई जे फाइदा हुनछ। संगठन के हो भन्दा ओलीजीका चाकरबाहेक अब त्यहाँ कोही रहन्नन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्