images
images
  • संसदमा बहुमतको दुरूपयोग गरे प्रतिवाद हुन्छ: अध्यक्ष नेपाल

    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिनुभएको छ।

    पार्टीको उपत्यका कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यादेश र संविधान संशोधनलगायतका विषयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी दिनुभएको हो। ‘संख्याको मात लागेर दुरुपयोग गर्नु थाल्नुभयो भने त्यसको प्रतिकारमा जनता उत्रिन्छन्’, उहाँले भन्नुभयो, ‘जनताभन्दा शक्तिशाली कोही पनि हुँदैन।’

    उहाँले अहिलेको सरकारले संख्याकै मातमा दुई दलीय व्यवस्थाको वकालत गर्न थालेको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्था राख्ने एजेन्डा छ कि? भन्ने प्रश्न गर्नुभयो। अध्यक्ष नेपालले त्यसो भए सामना गर्न तयारी रहेको स्पष्ट पार्नुभयो।

    अध्यक्ष नेपालले सरकारलाई संख्याकै मात लागेको भए छिमेकी देशहरुका घटना हेर्न सुझावसमेत दिनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘तपाईंहरुलाई संख्याको मात लागेको हो भने छिमेकी देशहरुको घटना सम्झिनुस् । चाहे त्यो बंगलादेश होस् चाहे त्यो श्रीलंका होस् । त्यसले कम्सेकम पाठ सिकाउनुपर्ने हो।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै