
काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन्।
शुक्रबार पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो। यसअघि उनी संगठनका महासचिव थिए।
पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरती लामालाई अखिलबाट बिदा गरेको थियो।
त्यसैगरी उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टन्डन, भूपेन्द्र शाह,मिलन राई,दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव, नरेश न्यौपाने छन्। त्यस्तै संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन्।
श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्