images
images
  • संसद्का दुवै सदनको बैठक आज, यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ । यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् ।

    दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।

    सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै राष्ट्रिय सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० छलफल र पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै