
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले हालै मात्र ल्याएको अध्यादेशलाई समर्थन नगर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको भूमी सम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको सांसद प्रकाश अधिकारीले बताए ।
सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई जसपा नेपालले समर्थन नगर्ने निर्णय गरेको हो ।
बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि जसपा नेपाल सकारात्मक रहको देखिएको छ ।
गत पुष ९ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा ऐन संसोधन र एउटा ऐन खारेज गरी ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ ल्याएको थियो ।
यस्तै त्यसको केही दिनपछि मन्त्रिपरिषद् बैठकले फेरी दोस्रो पटक पाँच वटा अध्यादेश ल्याएको थियो । मन्त्रिपरिषद् बैठकले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको आध्यादेश, २०८१,निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको हो ।
त्यस्तै २०८१,आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ एवं भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्