images
images
  • प्यालेस्टाइनीलाई स्वीकार नगरे सहयोग रोक्ने ट्रम्पको चेतावनी

    न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डन र इजिप्टले प्लेस्टाइनीलाई अस्वीकार गरेमा अमेरिकाले गर्दै आएको सहयोग रोक्का गर्ने चेतावनी दिएका छन्।

    अमेरिकाले भनेको सबैले मान्दै आएको दाबी गरेका उनले र्जोडन र इजिप्टलेसमेत प्यालेस्टाइनीलाई देशमा राख्न स्वीकार गर्ने उनको विश्वास छ।

    जोर्डनका राजा अब्दुल्ला द्वितीय अहिले वासिङ्टन डिसी पुगेका छन्। उनले राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम छ।

    यसै विषयमा ट्रम्पसँग पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा उनले जोर्डन, इजिप्ट र अन्य देशले प्यालेस्टाइनीलाई स्वीकार गर्ने विश्वास व्यक्त गरेका हुन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै