images
images
  • राजनीतिक दल सम्बन्धी विधेयक संसदमा ल्याउँछौँ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् ।

    बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले राजनीतिक दल सम्बन्धी कानुनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताए । उनले कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पारे । उनले दुई तिहाइको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताए ।

    पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुर्यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरू नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताए ।

    राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभई विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताए ।

    प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको बताए । विदेशीको दाम लिएर नेपालमा अराजकता मच्चाउन खोज्ने, सामाजिक शान्ति सुव्यवस्था, बिगार्ने, देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्चाउन खोजे भने आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै