images
images
  • खानेपानी मन्त्रीले भने – विद्युत् प्राधिकरणको कमजोरीले बबरमहल जलमग्न भयो

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कमजोरीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् । बुधवार पाइप फुटेर बबरमहल जलमग्न भएको थियो ।

    विद्युत् प्राधिकरणको गल्तीले बबरमहल जलमग्न भएको बताउँदै उनले भने,‘विद्युत् प्राधिकरणले मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसंग समन्वय नगरी काम गर्‍यो । त्यसकै कारणले यस्तो घटना घटेको हो ।’ लाइन बिछ्याउने क्रममा गरेको कमजोरीका कारणले पाइप फुटेको उनको भनाई छ ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर मन्त्री यादव बबरमहल पुगेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै