images
images
  • यस्तो बन्यो नेसपा नयाँ शक्तिको नेतृत्व, कसले कति मत ल्याए (सूचीसहित)

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सम्पन्न भएको छ ।

    महाधिवेशनबाट  डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति  निर्वाचित भएको छ । अध्यक्षमा डा भट्टराई ७ सय ६१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३ मत पाए ।

    त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजालले ३ सय ९३ मत पाए , उपाध्यक्ष (आदिवासी जनजाती) टेक बहादुर बाठामगरले ३ सय ११ मत पाए । उपाध्यक्ष (दलित) दुर्गा सोब, उपाध्यक्ष (महिला) मानुषी यमी भट्टराई भने निर्विरोध निर्वाचित भएका हुन् ।

    उपाध्यक्ष (मधेशी थारु) उमेश शाहले ३ सय ९५ मत पाए । यसैगरी  महासचिव (खुला) सोनाम सिंह स्याङ्तानले ४०९ मत पाए , सचिव (खुला) लक्ष्मण कार्कीले ३ सय ५३ मत पाए । सचिव (खुला) भरतराज दाहालले ३ सय ७९ मत पाए ।  यस्तै सचिव (महिला) आसाकुमारी तामाङले ३ सय १४ मत पाइन् ।  कोषाध्यक्षमा हरि रिजाल निर्वाचित भएका छन् ।

    हेर्नुहोस् कसले कति मत ल्याए 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै