काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता खनालले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरू रहेपनि त्यसतर्फ जान नसकेको बताए। वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गरे।
सम्मानित नेता खनालले भने, ‘हामीले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सक्थ्यौँ। वैज्ञानिक भूमि सुधार। अब अहिले हेर्नुस् त अध्यादेश ल्याएर ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ। भूमि सुधार गर्नुको सट्टा, वैज्ञानिक भूमिसुधार गर्नुको सट्टा, यो ब्रह्मलुटको अध्यादेश हो।’
उनले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्