
विश्व नम्बर एक तथा इटालियन टेनिस खेलाडी यानिक सिनरलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ। उनले यसलाई स्वीकार गरेका छन्।
बीबीसीका अनुसार यसअघि गत वर्षको डोपिङ मुद्दाको सम्बन्धमा विश्व एन्टी-डोपिङ एजेन्सी (वाडा) र सिनरबीच सम्झौता भएको थियो।
गत महिना अस्ट्रेलियन ओपन जितेका २३ वर्षीय यानिक सिनरलाई फेब्रुअरी ९ देखि मे ४ सम्म प्रतिबन्ध लगाइनेछ। यसपछि उनी फ्रेन्च ओपन खेल्न सक्नेछन्।
हालै यानिक सिनरका वकिलहरूले उनका तर्फबाट वक्तव्य जारी गरेका छन्। यसमा उनले भनेका थिए, “यो मामिला लगभग एक वर्षदेखि चलिरहेको छ।”
वाडाले यानिक सिनरलाई दुई वर्षका लागि प्रतिबन्ध लगाउन चाहेको थियो। तर शनिबार उसले ती खेलाडीले आफू अनजानमा प्रतिबन्धित पदार्थ क्लोस्टेबोलको सम्पर्कमा आएको भनी दिएको बयान स्वीकार गर्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्