images
images
  • कर्णालीलाई समस्या होइन सम्भावनाको सरोवर बनाऔँ : यामलाल कँडेल

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई समस्याको खाल्डो नभई सम्भावनाको सरोवर बनाउनुपर्ने बताएका छन् ।

    ऋति फाउण्डेसनद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ छैटौँ संस्करणको उद्घाटन कार्यक्रममा उहाँले प्रदेशको विकासका लागि सबै सरोकारवालाले गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए ।

    “कर्णालीलाई हेर्ने र बुझ्ने दृष्टिकोण जे छ, त्यो सत्य होइन । यहाँका नागरिकले यस्तो सुन्दर कर्णालीको नाम लिँदा लघुताभास गर्नुपर्ने कुनै कारण छैन बरु कर्णालीको सौन्दर्यताप्रति उच्चताभास गर्नुपर्छ । कर्णाली दुःखको घाउ मात्र होइन, सम्भावनाको मल्हम पनि हो भन्ने विषयलाई हामी सबैले बुझन र बुझाउन सक्नुपर्दछ”, मुख्यमन्त्री कँडेलले भने ।

    उनले कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली र यो आमनेपालीको गौरवका रूपमा रहेको धारणा राखे । मुख्यमन्त्री कँडेलले भने, “नेपाली भाषाको उद्गमस्थलका रूपमा जुम्लाको सिञ्जा पहिचान भएकाले नेपाली भाषा, सभ्यता, संस्कृतिका हिसाबले कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोकै रुपमा स्वीकारेका छन् । ठूला–ठूला सहरको मानव सभ्यताको विकास नदीसँग जोडिएजस्तै नेपालको पुरानो सभ्यता कर्णाली नदीसँग जोडिएकाले कर्णाली प्रदेश मुलुककै एक अनुपम र सम्भावनाको अवसर बोकेको क्षेत्र हो ।”

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै