images
images
  • संविधान संशोधनमार्फत कमी कमजोरीलाई सुधार्नुपर्छ : देउवा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

    बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले अहिलेको संविधान लचिलो रहेको भन्दै संशोधनमार्फत कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

    समावेशीताको बिषयमा नपुगेका कुराहरूलाई पुरा गर्नका लागि कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । सभापति देउवाले सम्पूर्ण नेपालीहरूलाई समावेश गराउने गरी नेपालमा समावेशी राजनीति लागू भएको उल्लेख गरे ।  ३३ प्रतिशत महिलाको आरक्षण संसारमा थोरै देशमा मात्रै भएको उनको भनाइ छ ।

    उनले अग्रजहरूको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर गरे । कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै आगामी निर्वाचनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै