images
images
  • आयल निगमले भन्यो- ग्यासको मूल्य यथावत् छ

    काठमाडौं- नेपाल आयल निगमले ग्यासको मूल्य यथावत् रहेको बताएको छ ।

    मंगलबार नेपाल एलपी ग्यास उद्योग सङ्घसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरूबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मूल्य यथावत् रहने बताएको छ ।

    आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत् रहने स्पष्ट गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै