images
images
  • कुलमान घिसिङबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन संसद् बैठकबाट रुलिङ गरेका छन्। विपक्षीले गरेको मागअनुसार सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्।

    ‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा प्रतिनिधि सभा नियमावली, २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु’ सभामुखले भने।

    संसद् बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही र रास्वपाका सांसद मनीष झाले यसबारे सरकारको जवाफ माग गर्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै