images
images
  • प्रधानमन्त्री ओलीलाई ‘हिटलर’को संज्ञा दिने पत्रकारको संसद् प्रवेश पास निलम्बन

    काठमाडौं- संघीय संसद् सचिवालयले दुईजना पत्रकारको प्रवेश पास निलम्बन गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद् प्रवेश पास निलम्बन गरेको हो । केहि दिनअघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारवाही गरेको बुझिएको छ ।

    संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद् भवन प्रवेशमा रोक लगाएको छ ।

    गत फागुन ४ गतेको संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका पत्रकारले उत्तर नआएपछि हिटलरको संज्ञा दिएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै