images
images
  • ६ जिल्लाका सीडीओ हेरफेर

    काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ। बिहीबार ७ जना सहसचिवको सरुवा तथा पदस्थापनको निर्णय गर्दै ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।

    सहसचिव धर्मराज जोशीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएकोक छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी रौतहटमा सरुवा भएका छन्।

    सहसचिव दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा, शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै