
सिन्धुपाल्चोक– जिल्लामा लामो समयदेखि सामाजिक काममा सक्रिय शेर्पा ब्रदर्श ग्रुपले बाह्रबिसे नगरपालिका वडा ७ स्थित दुर्गम भेग ज्यामलिङका बालबालिकालाई शैक्षिकसहित विद्यालयका महत्वपूर्ण सामाग्री सहयोग गरेको छ ।
शेर्पा ब्रदर्श ग्रुपका अभियन्तामध्ये एक निमाराज शेर्पाकाअनुसार यहाँको बालकल्याण आधारभुत विद्यालयका बालबालिकालाई दुई लाख पाँच हजार नौ सय बराबरको सामाग्री सहयोग गरिएको हो ।
बिहिवार बालबालिकालाई लागि झोला, कपी, कलमसहित अन्य विभिन्न सामाग्री बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतसहित शेर्पा ब्रदर्श ग्रुपका प्रतिनिधि र अभियन्ताले वितरण गरे ।
विकट गाउँमा शैक्षिक सामाग्रीको अभावमा अध्ययनरत बालबालिका र विद्यालयलाई अपरिहार्य पर्ने तर नभएका बाल्टिन, जग, ल्यापटप, कुचो, दराज, टेबल, कुर्सीजस्ता अनेकौ सामान सहयोग गरिएको ग्रुपले जनाएको छ ।
यसअघि बाह्रबिसे नगर ७ मा रहेको बछल्लादेवी माध्यमिक विद्यालयका जेहेन्दार बालबालिकाई छात्रवृत्तीस्वरुप नगद र ३५ वर्ष काम गरेर यही विद्यालयबाट अवकाश भएका कार्यालय सहयोगी वृद्ध पदमबहादुर थापालाई ५१ हजार सहयोग गरेको थियो ।
बिशेष गरी शिक्षा क्षेत्रमा होमिएको यो ग्रुपमा स्वदेश र विदेशका युवा, व्यवसायी गरी २५ जना सहभागी छन् ।
०७२ को भूकम्प र पराकम्पनपछि एउटा भवन बनेपनि सबै कक्षा भवनमा नअटाउने भएकाले पाँच वर्षदेखि बालबालिका चिसोमा कंठ्याग्रिदै थोत्रो जस्तापाताले बनेको टहराभित्र अध्ययन गर्न बाध्य छन् ।
यो समस्यालाई हेर्दै बाह्रबिसे नगरपालिकाका मेयर बस्नेतले विद्यालयको मर्मतसम्भार र रंगरोगनका लागि एक लाख ५० हजार बजेट छुट्याइएको बताए ।
‘सहयोगी हात शेर्पा ब्रदर्श ग्रुपलाई साथ दिएर यो सहयोग गरेका छौं, विद्यालयको अवस्था अझ सुदुढ बनाउन लागिपर्नेछौ,’ मेयर बस्नेतले भने ।
नगरभर दुई करोड बजेट शिक्षामा राखेर १२ सम्म निशुल्क शिक्षा, आठसम्म दिवा खाजाको व्यवस्था गरेको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्