images
images
  • यस्तो छ आजको प्रतिनिधि सभाको बैठकको कार्यसूची

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराह्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ भने व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै