images
images
  • कृषि विकास बैंकको मोबाइल एपमा नयाँ फण्ड ट्रान्सफर सुविधा सञ्चालन

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत नयाँ फण्ड ट्रान्सफर सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँगको सहकार्यमा नयाँ सुविधा सुरु गरेको हो।

    बैंकका अनुसार, नयाँ सेवामार्फत ग्राहकहरूले मोबाइल नम्बर वा बैंक खाता नम्बर प्रयोग गरी सहज रूपमा रकम ट्रान्सफर गर्न सक्नेछन्। बैंक खाताहरू र डिजिटल वालेटहरूबीच हुने कारोबारलाई छिटो, सुरक्षित र सहज बनाउन नयाँ प्रणाली लागू गरिएको छ।

    बैंकले ग्राहकलाई दुई तरिकाबाट रकम ट्रान्सफर गर्ने सुविधा उपलब्ध गराएको छ। पहिलो तरिकामा प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाइल नम्बर प्रयोग गरी भुक्तानी गर्न सकिनेछ भने दोस्रो तरिकामा प्राप्तकर्ताको बैंकको नाम, खाता नम्बर, र खातावालाको नाम प्रविष्ट गरेर रकम स्थानान्तरण गर्न सकिनेछ।

    नयाँ सेवाबाट ग्राहकहरूले न्यूनतम शुल्कमा बैंक खाताबिच रकम स्थानान्तरण गर्न सक्नेछन् भने डिजिटल वालेटमा पनि कुनै अतिरिक्त शुल्कबिना रकम जम्मा गर्न सक्ने सुविधा उपलब्ध हुनेछ।

    बैंकले मोबाइल बैंकिङ एपमार्फत छिटो र सुरक्षित फण्ड ट्रान्सफर सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। ग्राहकहरूले मोबाइल नम्बर वा बैंक खाता प्रयोग गरी तुरुन्तै कारोबार सम्पन्न गर्न सक्नेछन्। डिजिटल वालेटहरूमा पनि रकम ट्रान्सफर गर्न सकिने हुँदा कारोबार झनै सहज हुने बैंकले जनाएको छ।

    बैंकका अनुसार, नयाँ प्रणाली ग्राहकमैत्री र सरल प्रयोगयोग्य रहेको छ। यसले डिजिटल बैंकिङ अनुभवलाई अझ सहज बनाउँदै सुरक्षित रूपमा वित्तीय कारोबार गर्न मद्दत गर्नेछ। डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै कृषि विकास बैंकले आगामी दिनमा डिजिटल बैंकिङ सेवामा थप नयाँ सुविधाहरू ल्याउने योजना बनाएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै