images
images
  • भूमि अध्यादेशमा सत्तारुढ दलबीच सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं– सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले ल्याएको भूमि अध्यादेश सत्तारुढ दलहरूबिच छलफल गरेर पास हुने दाबी गरेका छन् ।

    मन्त्रीपरिषद्को बैठक सार्वजनिक गर्ने क्रममा उनले भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक रहेकाले रोकिएको दाबी गरे ।

    ‘सांसदबाट अध्यादेश पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन्। उनले भने, ‘भूमि अध्यादेश बाकी छ । ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ। भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ।’

    उनले भूमि अध्यादेश  नहराएको दाबी गरे । सरकारले संसद् सुरु हुने दुई साता अगाडि जारी गरेका ६ वटा अध्यादेशमध्ये ५ वटा अध्यादेश दुवै सदनबाट पारित भएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै