images
images
  • महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुन्छ : इन्दिरा राना

    काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताएकी छन् ।

    शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गरिन् । उनले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताइन् ।

    उपसभामुख रानाले भनिन् ‘हामीले ठूलो ठूलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरू एकताबद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’

    उपसभामुख रानाले पुरुष र नारी दुवै मिले मात्रै परिवर्तन सम्भव रहेको बताइन् । उनले नारी र पुरुष एक भएर मात्रै समाजलाई रूपान्तरण गर्न सकिने बताइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै