
काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक र अराजक तत्वहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको भन्दै त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताएका छन् ।
इस्लाम धर्मावलम्वीहरुले मनाउने रमजान पर्वको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन् । उनले नेपालमा बसिरहेका सबै जातजाति साझा फूलवारी भएको उल्लेख गर्दै कसैले कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने समेत बताए । उनले नेपालमा रहेका सम्पूर्ण धर्मावलम्वीहरु र जातजातिहरुले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिन जरुरी रहेको बताए ।
उनले भने, ‘सबै जातजाति बसिरहेको साझा फुलवारी देश नेपाल हो । केही व्यक्तिहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने काम गरेको सुनिन्छ । तर यसको विरुद्धमा नेपालको सबै समुदाय एकढिक्का छौँ । कुनै तत्वले प्रयास गरेकै आधारमा मिलेर बसिरहेको समुदाय खल्बलिने छैन । विश्वभरी नै नेपालको एउटा अलग पहिचान छ । विभिन्न जातजाति बसिरहेको देश नेपाल हो । सबैले आ-आफ्नो तर्फबाट मिलेर बसेको सन्देश कायम गर्नुपर्छ ।’
इस्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उनले मुस्लिम समुदायलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्