
पूर्वराजालाई प्रधानमन्त्रीको प्रश्न : कुर्सीमा राख्दैमा राजा हुने हो र ?
प्रधानमन्त्री केपी शर्मा अओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशसभालाई आइतबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरे ।
उनले पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भावनामा बगेर देश नबन्ने स्पष्ट गरे ।
उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशलाई जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद व्यक्त गरे ।
“पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएका छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ रु जनताले मानिदिन परेन रु”, प्रधानमन्त्री ओलीको प्रश्न थियो, “राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रुपमा हुनुहुन्छ । अरु कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र रु”
प्रधानमन्त्री ओलीले अहिले दुई ठुला दलको सहमतिबमोजिम सरकार बनेको र आफूहरुको सहमतिबमोजिम आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याए ।
विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले गरे स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् ।आईतवार पोखरबाट एक हप्ताको भ्रमणपछि उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् ।
स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतका नारा लगाएर स्वागत गरेका छन् ।
पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरु विमानस्थल पुगेर स्वागत गरेका छन् ।
राजावादीले फोहोर गरेपछि महानगरले तिरायो एक लाख जरिवाना
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो ।
‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० ९अक्षरुपी एक लाख० जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ ।
भ्रमबाट पूर्वराजा हौसिन आवश्यक छैन : गृहमन्त्री
सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारेका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गणतन्त्रलाई नै नेपालको स्थायी राजनीतिक प्रणाली भएको दोहोर्याएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थाले दिएका स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे । ‘फालिसकेको राजसंस्था लोकतन्त्रको उपयोग गरिरहेको छ, यसलाई कमजोरीका रूपमा लिनु आवश्यक छैन,’ उनले भने ।
लेखकले केही समूहले गणतन्त्रको विकल्प राजतन्त्र नै हो भन्ने भ्रम फैलाउने प्रयास गरिरहेको दाबी गर्दै पूर्वराजालाई यस्ता अफवाहबाट प्रभावित नहुन चेतावनी दिए । उनले थपे, ‘आन्दोलनबाट फालिएको राजसंस्था आफ्नै देशमा पूर्ण स्वतन्त्रतासहित बस्न पाएको उदाहरण विरलै पाइन्छ । नेपालमा यो सम्भव भएको छ, जुन लोकतन्त्रकै उपलब्धि हो ।’
नेपालमा संविधानसभाबाट प्राप्त गणतन्त्रलाई नै सही बाटो मान्नुपर्ने गृहमन्त्री लेखकले उल्लेख गर्दै यसको सट्टा राजतन्त्र पुनःस्थापनाको कल्पना गर्नु व्यर्थ रहेको धारणा व्यक्त गरे ।
अमेरिकी सहयोगमा सञ्चालित दर्जनौँ परियोजनाको भविष्य अझै अन्योलग्रस्त
अमेरिकी सहायतामा सञ्चालित रोकिएका दर्जनौं परियोजनाको भविष्य अझै अन्योलग्रस्त देखिएको छ । ९० दिनका लागि अमेरिकी सरकारले एमसीसी, युएसएडजस्ता परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्णरुपमा अबरुद्ध भएको छ ।
एमसीसीमार्फत अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान स्वरूप उपलब्ध गराउने योजना थियो र नेपाल सरकारको तर्फबाट सो कार्यक्रममा १३ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नुपर्ने व्यवस्था थियो । अमेरिकी सरकारको एमसीसी अनुदान तत्काललाई बन्द गराउने निर्णयले ऊर्जा र सडक पूर्वाधार विकासका महत्वपूर्ण कामहरु रोकिएका छन् ।
विद्युत प्रशारण लाइन निर्माण तथा सडक मर्मत सम्भारतर्फ एमसीसीले काम गर्दै थियो । जसअन्तर्गत काठमाडौँको उत्तरपूर्वमा अवस्थित लप्सीफेदीदेखि काठमाडौंको पश्चिममा रहेको नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौंडासम्मको खण्ड, रातमाटेदेखि दमौलीसम्मको खण्ड, दमौलीदेखि बुटवलसम्मको खण्ड र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा ४०० के।भि। क्षमताको प्रशारण लाइनहरू तथा रातमाटे, दमौली र बुटवलमा तीन वटा सबस्टेशन निर्माणको काम रोकिएका छन् ।
एमसीसीबाट प्राप्त हुने अनुदानमध्ये ३१२ कि।मि। प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि करिब ४० करोड अमेरिकी डलर खर्च गरिने योजना थियो यो काम पनि प्रभावित भएको छ ।
त्यसैगरी सडकतर्फ पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको कुल एक सय किलोमिटर सडकको स्तरोन्नति गरिने, सडक स्तरोन्नतिका लागि एमसीसीबाट प्राप्त हुने अनुदानमध्ये करीब ५।२ करोड अमेरिकी डलर खर्च गरिने योजना थियो भने बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको नेपाल भारत सीमासम्मको करिब २२ किमि प्रशारण लाइन निर्माणका लागि सहायता उपयोग गरिने, ऊर्जा क्षेत्रको भरपर्दोपना र एमसीसी लगानीको दिगोपना बढाउन क्षमता विकासका लागि प्राविधिक सहायता पनि प्रदान गरिने योजनामा समेत तत्काललाई ब्रेक लागेको छ ।
युएसआइडीमार्फत पनि अमेरिकी सरकारले नेपाललाई ठूलो सहायता गरिरहेको थियो । खासगरी, नेपालका स्वास्थ्य, कृषि, शिक्षा, र समावेशी नीति सम्बन्धी चार ठूला परियोजनामा युएसआइडीको लगानी थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी विदेश मन्त्रालय र युएसआईडीमार्फत प्रवाह गरिने सबै विदेशी सहायता ९० दिनका लागि रोक्का गर्ने निर्णयले सञ्चालित परियोजना अहिले ठप्प छन् ।
युएसएडले स्वास्थ्यतर्फ प्रत्यक्ष वित्तीय परियोजना संचालन गरिरहेको थियो, जसको कुल बजेट ४२५ मिलियन रहेको छ, संघीय, प्रादेशिक, तथा स्थानीय सरकारहरूसँग सहकार्य गरी नेपालका स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्न केन्द्रित छ । अहिले यो महत्वपूर्ण परियोजना रोकिएको छ ।
यस्तै, युएसएडले कृषि प्रत्यक्ष वित्तीय परियोजना, जसका लागि ४२१ मिलियन बजेट विनियोजन गरिएको थियो, ६९ हजार घरपरिवारलाई खाद्य सुरक्षाको प्रत्याभुति गर्ने उद्देश्यले थालिएको थियो । अहिले यो परियोजना रोकिएको छ ।
शिक्षा क्षेत्रमाप्रत्यक्ष वित्तीय परियोजना अन्तर्गत पाँच वर्षमा ४८५ मिलियन लगानी गरिने प्रतिवद्घता थियो, जसले विशेषगरी वञ्चित र सीमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने लक्ष्य राखिएको थियो साथै, युएसएडले समावेशी नीति प्रत्यक्ष वित्तीय परियोजना नीति सुधार र सुशासन प्रवद्र्घनमा केन्द्रित थियो, जसले सरकारी नीति निर्माण प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको थियो । गैरसरकारी संस्थाहरुबाट पनि दर्जनौं परियोजनामा युएसएडको सहयोग थियो । तर यी परियोजनाहरूको सहायता स्थगन भएपछि तिनको कार्यान्वयन अनिश्चित बनेको छ ।
सरकारले वैकल्पिक स्रोत खोज्ने प्रयास अझै गरेको छैन । अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले अमेरिकाका राष्ट्रपतिबाट कार्यकारी आदेशबाट एमससी, युएएडको सहायता रोक्ने निर्णय आएको र अहिले पर्ख र हेरकै अवस्थामा रहेको बताए ।
उनले अहिले संचालित आयोजनाहरुका बारेमा अहिल्यै वैकल्पिक स्रोत खोज्नतर्फ नलागिएपनि लामोसमय रोकिरहे स्रोत खोज्नतर्फ सरकार अग्रसर हुने बताए ।
उनले भने– ‘अमेरिकाका राष्ट्रपतिबाट कार्यकारी आदेशबाट निर्णय गरेर एमसिए, युएसएडकाका कार्यक्रमहरु तत्काललाई स्थगन भएको हो । यो बिचमै पनि कुनै रिभ्यु भएर आउने अवस्था छ । त्यो आयो भने हामीलाई कुनै समस्या भएन । यदि आएन भने अरु वैकल्पिक स्रोतका लागि दाताहरुसँग छलफल गरिनेछ । दातृ निकायका साथै केही परियोजनालाई नेपाल सरकार आफैँले अघि बढाउन सक्ने अवस्था पनि छ ।’
उनकाअनुसार अहिले स्थगत मात्रै भनेकाले अर्थ मन्त्रालयले कुनै निर्णय गरेको छैन । उनले अमेरिकी सरकारका आगामी कदम, निष्कर्षहरु कुरेर अर्थ मन्त्रालय बसेको बताए ।
यद्यपी आयोजनाहरु अघि बढाउन आन्तरिक रुपमा विकल्पबारे अर्थ मन्त्रालयमा छलफल भइरहेको उनको भनाई छ ।
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
युगान्डामाथि नेपालको सङ्घर्षपूर्ण जित
नेपालले युगान्डामाथि सङ्घर्षपूर्ण जित दर्ता गरेको छ । वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा नेपालले १ विकेटको सङ्घर्षपूर्ण जित निकालेको हो ।
७६ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि साना प्रवीणले सर्वाधिक १७ रन जोडिन् । पूजा महतो १६ र रुविना क्षेत्री १० रनमा आउट भइन् ।
त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । सिरिजमा नेपालको यो पहिलो जित हो ।
क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका हुन् ।
क्यानडाले काठ र दुग्धजन्य पदार्थहरूमा वर्षौंदेखि २५० प्रतिशत कर लगाएर अमेरिकालाई ठगेको उनको आरोप छ । फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
जसमा क्यानाडाली ऊर्जा उत्पादनहरूमा १० प्रतिशत कर वृद्धि गरिएको थियो । फेब्रुअरी ३ मा ट्रम्पले दुवै देशहरूमा कर लागू गर्न ३० दिनको ढिलाइ र वार्ता जारी राख्ने घोषणा गरे । यस निर्णयअनुसार सम्बन्धित कर उपायहरू मार्च ४ मा लागू भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्