
रातोपाटीन्यूज, काठमाडौं । सिन्धुपाल्चोककै ईतिहासमा पहिलो पटक दलित समुदायका ब्यक्ति कानुन ब्यवसायमा आबद्ध भएका छन् । यसअघि कानुन ब्यवसायमा सिन्धुपाल्चोकमा कुनै पनि ब्यक्ति आबद्ध भएका थिएनन् ।
कानुन बिषयको अध्ययन अभावमा सिन्धु कानुन समाजदेखि सिन्धपाल्चोक बार एसोसिएशनमा दलित समुदायका ब्यक्ति कानुन व्यवसायमा आबद्ध हुन सकेका थिएनन् ।
तर सिन्धु कानुनी क्षेत्रमा अहिले भने सुनकोशी गाउँपालिका–७ पांग्रेटार निवासी दलित समुदायको प्रतिनिधित्व गर्दै नवोदित कानुन व्यवसायी मुकेश सेन्चुरी सिन्धु कानुन समाजको आज सम्पन्न साधारणसभाबाट कानुन बिद्यार्थी संयोजकमा सर्वसम्मत चयन हुनु भएको छ ।
राजधानीको नेपाल ल क्याम्पसबाट कानुन बिषयमा बीए(एलएलबी) उत्तीर्ण गरी सोही क्याम्पसमा एलएलएम अध्ययनरत मुकेशलाई कानुन बिद्यार्थी संयोजकमा चयन गरिएको हो ।
सिन्धुपाल्चोकबाट कानुनी बिषयमा अध्ययनरत र कानुनी पैरवी, वकालत गर्दै गरेका सयौं कानुनी क्षेत्रका ब्यक्तिलाई समेटेर न्यायिक सुधार र कानुनी क्षेत्रमा सकरात्मक प्रभावमा उर्जा थपिने सिन्धु कानुन समाजका अध्यक्ष रामहरि नेपालले जानकारी दिनुभएको छ ।
सिन्धु कानुनी पेशामा नयाँ पुस्ताको महत्वलाई स्थापित गर्नेमा समाजले उक्त कानुन बिद्यार्थी संयोजकको जिम्मेवारी सेन्चुरीलाई दिएको छ ।
न्यायमा पारदर्शिता, कानुनी सेवामा प्रवद्र्धन, नयाँ पुस्ताका कानुन व्यवसायीको क्षमता बिकासमा कानुन बिद्यार्थीको अवधारणा ल्याई स्थापित गर्न खोजेको छ ।
कानुन बिद्यार्थीहरुबीच एकता, उर्जा र नयाँ सोचको बिकास गरेर न्यायिक सुधार ल्याउन सहयोग पुगोस् भन्ने हेतुले कानुन बिद्यार्थी नामक पदीय हैसियत खडा गरिएको छ ।
न्याय र बिधिको शासन स्थापनाका लागि कानुन बिषयमा लाग्नु भएका सेन्चुरी क्योकुसिन कराँतेका राष्ट्रिय खेलाडी समेत हुनु हुन्छ ।
यस्तै सिन्धु कानुन समाजको प्रथम साधारणसभाबाट कानुन व्यवसायी रामहरि नेपालको अध्यक्षतमा कार्य समिति सर्वसहमत छनौट गरिएको छ ।
उपाध्यक्षमा जमुना भूषाल, सचिवमा राजन सापकोटा, सह–सचिवमा गणेश भट्टराई, कोषाध्यक्षमा ज्ञानेन्द्र घले चयन भएका छन् ।
सदस्यहरुमा सहदेव भण्डारी, श्रीराम खनाल, धनबहादुर गिरी, रामप्रसाद न्यौपाने, बिमला लामा, कल्पनादेवी न्यौपाने, छेतेन लामा, गोपीकृष्ण थापा, दिपा सापकोटा, मिना दुलाल सहमतीमा चयन भएका छन् ।
उक्त कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, बागमती प्रदेशका पूर्व मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपाल, सिन्धुपाल्चोक बारका अध्यक्ष भूपेन्द्र थिङ, वरिष्ठ, कुमारराज जोशी लगायतले सम्बोधन गर्नु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्