images
images
  • सरकारले चाहे पूर्वराजाको सुविधा खोस्न सक्छ : कृष्ण सिटौला

    काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे चर्चा गर्न आवश्यक नरहेको बताएका छन् ।

    कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहमा उनले ज्ञानेन्द्रलाई बहिर्गमनको समयमा आफूले गरेको पहल स्मरण गर्दै यस्तो बताएका हुन् ।

    ‘राजाबारे चर्चा हुने गरेको छ । मैले भन्ने गरेको छु– किन धेरै चर्चा गर्नु हामीले । म आफैँ विदा गर्न गएको हुँ,’ नेता सिटौलाले भने, ‘राम्रै सम्झाएको हुँ ।’

    नेता सिटौलाले सरकारले चाह्यो भने पूर्वराजा ज्ञानेन्द्रलाई उपलब्ध गराइएका सुविधाहरू खोस्न सकिनेसमेत बताए ।

    ‘सरकारकै निर्णयले उहाँलाई निवास दिएर बस्न दिएको छ । सरकारले चाह्यो भने हटाइदिन सक्छ,’ उनले भने, ‘सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले यो बारेमा हामीले धेरै चर्चा नगर्नु जाती हो ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै