images
images
  • स्ववियु निर्वाचन : सिन्धुपाल्चोकमा कांग्रेस-एमाले गठबन्धन

    काठमाडौं– सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सिन्धुपाल्चोकमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् ।

    कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुपाल्चोकले चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु निर्वाचनमा गठनबन्धन गर्ने निर्णय गरेका हुन् ।

    नेविसंघका जिल्ला अध्यक्ष पवन घोरासैनी र अनेरास्ववियु अध्यक्ष रविन वाईबा तामाङबीच सिन्धुपाल्चोकका १२ वटा क्याम्पसमध्ये ६-६ क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ ।

    उनीहरूबीच सभापति लिने संगठनले सचिव र कोषाध्यक्ष नलिने र सदस्यहरू बराबरी बाँडफाँड गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    सहमति पत्रमा संगठनको समानुपातिक मतभार नरही निर्वाचनमा सभापति लिइएको संगठनबाट सह-सचिव पदमा र सचिव, कोषाध्यक्ष लिएको संगठनबाट उपाध्यक्ष पदमा मनोनीत गरिने उल्लेख छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै