images
images
  • पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न सकिन्नः महामन्त्री शर्मा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरुले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन्।

    आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ सुरु गरेको ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरुले राजनीतिक विषयहरुबाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने बताए।

    उनले जलवायु परिवर्तन, जलवायु उत्पादन र व्यापार, पूर्वाधार निर्माणमा गति दिने कुराहरु सबै राजनीतिक दलहरुको साझा विषय बन्नुपर्ने बताए।

    रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हुनुपर्ने र यसको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा उनले जोड दिए।

    महामन्त्री शर्माले पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने बताए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै