images
images
  • शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने

    काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिएर सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिने भएका छन् ।

    महासङ्घले आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ ।

    त्यसैगरी फागुन २८ गते नेकपा एमालेको कार्यालय, चैत १ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिने महासङ्घले जनाएको छ ।

    यसैगरी चैत २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाको कार्यालय र चैत ५ गते जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा धर्ना दिइने बताइएको छ ।

    अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरूलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुका माग छन् ।

    बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषय शिक्षकहरूले अगाडि सारेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै