images
images
  • सात महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

    गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रेमिट्यान्स रकम ७.३ प्रतिशत बढेको हो । अमेरिकी डलरमा भने ५.३ प्रतिशत मात्रै रेमिट्यान्स वृद्धि भएको छ । माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै