images
images
  • नेपालगन्ज हेल्थ क्याम्पसको सिटिइभिटीमा उजुरी, निष्पक्ष छानबिन गरि कारबाही गर्न माग

    काठमाडौं । बाँकेको नेपालगन्ज हेल्थ क्याम्पसले ठगीधन्दा चलाएको भन्दैं नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले छानबिनको माग गर्दै उजुरी दिएको छ ।

    सिटिइभिटीद्धारा सम्बन्धन प्राप्त निजी कलेज नेपालगञ्ज हेल्थ क्याम्पसले विद्यार्थी र अभिभावकलाई बिभिन्न बाहानामा ठगि रहेको त्यसको निष्पक्ष छानबिन गरेर कारबाही गर्न माग गर्दै संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) केन्द्रीय कार्यालयलाई सोमबार उजुरीसहितको पत्र बुझाएको हो ।

    संगठनको विश्वविद्यालय विश्वविद्यालय-सिटिइभिटी विशेष प्रदेश संयोजक पारस राहदीमगरद्धारा हस्ताक्षरित उक्त मागपत्रमा सिटिइभिटीका शिक्षालयहरूमा भएका ठगीधन्दाको विरुद्धमा कडा संघर्ष गर्दै विद्यार्थीको न्याय, माफियाको कारबाही र सिटिइभिटी सुधारको लागि संगठनले निरन्तर आन्दोलन गरिरहेको उल्लेख गर्दै परिषदबाट सम्बन्धन प्राप्त केही शिक्षालयहरूको ठगीधन्दा र गुण्डागर्दी एकपछि अर्काे गर्दै छता छुल्ल हुन पुगेको र त्यसमा पछिल्लो समय बाँके नेपालगञ्जको नेपालगञ्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीको ठगिधन्दा र गुण्डागर्दीको बिषय व्यापक रुपमा उठिरहेको बताइएको छ ।

    संगठनले मैकुलाल वाल्मीकि संचालक रहेकाे नेपालगन्ज हेल्थ क्याम्पसमाथि तत्काल छानबिन गरि कानुनी दायरामा ल्याउन परिषद कार्यालयलाई जोडदार माग गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै