images
images
  • राजावादी सलबलाएपछि गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने

    काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आगामी चेत्र १५ गते काठमाडौंमा गणतन्त्रत्रको पक्षमा प्रदर्शन गरिने भएको हो ।

    मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि उनले बताए ।

    राजावादीहरु सलबलाएपछि समाजवादी मोर्चाले प्रदर्शन गर्न लागेको हो । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै