
काठमाडौं । युक्रेनले रुससँग तत्काल युद्धविराम गर्न अमेरिकाले प्रस्ताव स्वीकार गरेको छ । साउदी अरेबियामा अमेरिकासँग भएको वार्ताको एक दिनपछि युक्रेनले यस्तो बताएको हो ।
युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको बीबीसीको समाचारमा जनाइएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो प्रस्ताव रुससमक्ष राख्ने बताएका छन् । उनले भने, ‘अब बल रुसको कोर्टमा छ ।’
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब युद्धविरामका लागि रुसलाई तयार पार्ने काम अमेरिकाको हातमा रहेको बताएका छन् ।
करिब दुई हप्ताअघि अमेरिकी राष्ट्रपतिको कार्यालयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच भएको विवादपछि मङ्गलबार दुई देशबीचको पहिलो आधिकारिक बैठक साउदी अरेबियामा भएको थियो ।
संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनसँग तुरुन्तै गोप्य जानकारी र सुरक्षा सहयोग सुरु गर्ने पनि बताएको छ । ट्रम्प र जेलेन्स्कीबीचको बेमेलपछि अमेरिकाले यसमा प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्