images
images
  • लागुऔषध कारोबारी पेस्तोलसहित पक्राउ

    काठमाडौं । अभद्र व्यवहार तथा लागुऔषध मुद्दाका प्रतिवादी पेस्तोल र लागुऔषधसहित काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका छन् ।

    गोकर्णेश्वर नगरपालिका वडा नं २ भाडगाउँस्थित मीरा तामाङको घरमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशीलाई प्रहरीले निजको कोठाबाट एक थान पेस्तोल, दुई थान म्यागजिन, १० राउण्ड गोली र २५० ग्राम लागुऔषध पोल्याण्ड र ट्रामाडोल ५०० चक्की बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    जोशीले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ती वस्तु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । प्रहरीले उनलाई बरामद हतियार र लागुऔषधसहित मङ्गलबार सार्वजनिक गरेको हो ।

    उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागुऔषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उनले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै