images
images
  • ९ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा रखेको छ ।

    कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नका लेखआए बमोजिम ९ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

    कालोसूचीमा पर्ने कम्पनीहरुमा तारालक्ष्मी निर्माण सेवा, रेसुङ्गा नगरपालिका–१२, गुल्मी, ममता मञ्जु कन्स्ट्रक्सन प्रा.लि., टोखा नगरपालिका–१० काठमाडौं, सनम निर्माण सेवा, खाँदबारी, संखुवासभा, निर्जरा निर्माण सेवा, खाँदबारी, संखुवासभा, जी.एस. निर्माण संसार कम्पनी प्रा.लि. काभ्रे, कमन कन्स्ट्रक्सन काभ्रे लगायत छन् ।

    कालोसूचीमा परेका कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालोसूचीमा राखिएको सूचनामा जनाइएको छ । उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले उल्लेख गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै