images
images
  • छाला रोग पीडितलाई स्थानीयको साथसहयोग

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । अज्ञात छाला रोगबाट पीडित बनेकी बलेफी गाउँपालिका–८ टोप्का निवासी (स्थायी ठेगाना बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरा) आशिका तामाङलाई उपचारका निम्ति स्थानीयहरुले सरसहयोग गर्न थालेका छन् ।

    यस्तै क्रममा स्थानीय अगुवा तथा अभिप्रेरणा युवा क्लबका कोषाध्यक्ष रविन सुनार, साजन तामाङ, बलराम सापकोटा लगायतका पहलमा स्थानीय सहयोगीहरुबाट प्राप्त १ लाख ४५ हजार ५२९ रुपियाँ उन्नासाठी पैसा बालिकाकी आमा पूजा तामाङ(लामा)लाई चेक हस्तान्तरण गरिएको छ ।

    उक्त रकमको चेक पूजाको सिन्धु बिकास बैंक खाडीचौर शाखामा रहरेको ००४०३६५५ SV खाता नम्बर जम्मा गरिदिएको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक समेत रहनु भएका सुनारले जानकारी दिनुभयो ।

    स्थानीय ५० जना सहयोगीले उक्त रकम सहयोग गरेका थिए । अज्ञात छाला रोगबाट ग्रस्त आशिका करिब ३ बर्षदेखि बिभिन्न अस्पतालमा उपचाररत छिन् । उपचारमा लाखौं रुपियाँ लाग्ने भएकाले सहयोगीहरुको भरमा उक्त परिवार रहेको छ । भएभरका सम्पत्ति बिक्री गरेर आशिकाको उपचार गरिएपनि निको नभएको आमा पूजाले बताउनु भएको छ । अब सहयोगीहरुको आशामा रहेको उहाँले दुखसो पोख्नुभयो । पूजालाई ९७६४१८२५३५ मा सम्पर्क गरेर सहयोगी प्रदान गर्न सकिने छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै