images
images
  • ‘जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान जान आवश्यक’

    काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरू जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड र्दिका छन्।

    आज आयोजित कार्यक्रममा उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि महसुस हुनेगरी जनताको जीवनस्तरमा रूपान्तरण हुन सकेको छैन ।’

    जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि खोजेका उनको अभिमत थियो ।

    शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानीलगायत संविधानप्रदत्त अधिकार उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायकाले उपभोग गर्न नपाउँदा निरासा बढिरहेको धारणा उनले व्यक्त गरे।

    शिक्षा मुलुकको विकासको मेरुदण्ड भएकाले हरेक बालबालिकाले निर्भय भएर पढ्न पाउनुपर्ने बताउँदै उनले समुन्नत समाज निर्माणमा शैक्षिक क्षेत्रले निर्वाह गर्ने भूमिका राष्ट्रका निम्ति महत्वपूर्ण हुन्छ भने ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै