images
images
  • स्ववियु निर्वाचन : आचारसंहिता विपरीत गतिविधि नगर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पसहरूमा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालालाई अपिल गरेको छ।

    मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन क्याम्पस प्रशासन, विद्यार्थी, अभिभावक तथा राजनीतिक दलहरूलाई संयमित भई निर्वाचन प्रक्रिया सम्पन्न गर्न आग्रह गरिएको छ। मन्त्रालयले विद्यार्थीहरूको सक्रिय सहभागितालाई सुनिश्चित गर्नुपर्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिएको छ।

    यस्तै, यदि निर्वाचन प्रक्रियामा अवाञ्छित गतिविधिहरू देखिएमा कानून बमोजिम कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ। त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा हुने विद्यार्थी युनियन निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षले जिम्मेवारी बहन गर्नुपर्ने भन्दै मन्त्रालयले सहकार्य र समन्वयको आवश्यकतामा जोड दिएको छ।

    मन्त्रालयका सचिव शिव कुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि कार्य नगर्न आग्रह गर्दै आवश्यकता परेको खण्डमा प्रशासनले कानुनअनुसारका आवश्यक कदम चाल्ने स्पष्ट गरिएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै