
काठमाडौँ । ट्रकमा करिव २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ परेका छन् । आज बिहान काठमाडौंको झोर क्षेत्रबाट २५ करोड बराबरको विदेशी मुद्रासहित उनलाई पक्राउ गरिएको हो ।
ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेका उनलाई केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।प्रहरीका अनुसार उनी यसअघि पनि सुन तस्करीमा समातिएका थिए ।
उनी ७ किलो सुन सहित कलंकीबाट समातिएका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनी २०७८ मा छुटेका थिए ।
उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्